Cin News
क्षितिज मगरःजनसेना कमान्डर, साहित्यकारदेखि मजदुरसम्म
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:05:14
- Mas informaciones
Informações:
Sinopsis
कठमाडौँ । एसएलसीको तयारी गर्दा होस् वा परीक्षा दिँदा र दिइसकेपछि पनि रोल्पाको जेलवाङका १७ वर्षीय परिमाण बुढा मगरलाई धेरैले सुनाउँथे, ‘बुर्जुवा शिक्षा लिएर के फाइदा ?’ यो २०५२ सालको कुरा । अनि एसएलसी दिएर घर फर्कँदै गर्दा तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र लडाइँका लागि बाटोबाटै भूमिगत हुनुुभयो । ‘परीक्षा दिँदा लगिएका भाँडा, बन्दोबस्तीका सामान घर नजिकैको चिनजानका मानसिको घरमा राखेँ । त्यहीँबाट म युद्धमा लागे १ गतेबाट त्यस्को सुरुवात गरेको हुँ ।’ उहाँले भन्नुभयो । परिवर्तनका लागि भन्दै भित्ते लेखन र प्रशिक्षणबाट सुरु भएको उहाँको यात्रा तत्कालीन समयमा राज्यपक्षका सुरक्षा पोष्टहरुको सुराकी गर्ने, नक्सा बनाउनेदेखि लडाइँको मैदानमा होमिनेसम्म चल्यो । यो बेलासम्म आइपुुग्दा ‘परिमाण’ बाट उहाँको नाम ‘क्षितज’ भइसकेको थियो । ती दिन सम्झदै क्षितिज सुनाउनुहुन्छ ‘६१ सालतिरको करिब एकडेढ वर्ष सरकारी सरक्षा पोष्टका बारेमा फोटो, भिडिओ, स्केच बनाएर अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई बुझाउने जिम्मेवारी पनि पूरा गरेँ । बाँकी समय म फिल्डमै खटिएँ ।’ सँगैका कैयौँ साथीहरुको मृत्युुलाई नजिकबाट नियाल्दै कहिले सिपाही त कहिल