Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
How is the whale census conducted in Australia? - अस्ट्रेलियामा ह्वेल गन्ने काम कसरी हुन्छ?
11/07/2025 Duración: 07minIt's not just humans in Australia that have a census - whales do, too. Citizen scientists have taken part in the 26th annual whale census, with the number of reported sightings breaking the previous record set in 2023. - अस्ट्रेलियामा मानिसहरूको मात्र होइन, ह्वेलहरूको पनि जनगणना हुन्छ। यो वर्ष २६औँ वार्षिक ह्वेल जनगणनामा, ह्वेलहरूको सङ्ख्या २०२३ मा कायम रेकर्डभन्दा बढी भएको बताइँदै गर्दा ह्वेल गन्ने काम चाहिँ कसरी हुन्छ त?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ११ जुलाई २०२५
11/07/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Friday, 11 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ११ जुलाई २०२४
10/07/2025 Duración: 02minAustralian weather update for Friday, 11 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
10/07/2025 Duración: 05minStay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनमा थप हतियार पठाउने बारेमा सोचिरहेको भनाइ, चीनद्वारा अस्ट्रेलिया सहित ७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने र लिभरपुल फुटबल क्लबका खेलाडी डिओगो जोटाको कार दुर्घटनामा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
AFP issues jail time warning to passengers caught flying on false identities - गलत परिचयपत्र देखाएर उडान भरे जेल सजाय हुने अस्ट्रेलियन फेडेरल पुलिसको चेतावनी
09/07/2025 Duración: 03minThe AFP has warned travellers they face harsh penalties – including imprisonment – amid a crackdown on people using fake identities on domestic flights in Australia. - अस्ट्रेलियाको सङ्घीय प्रहरीले आन्तरिक उडानमा नक्कली परिचयपत्र प्रयोग गरेमा ठुलो जरिवाना वा जेल सजायसम्म हुन सक्ने चेतावनी दिएको छ। पछिल्लो समय अन्य व्यक्तिको नामको टिकट प्रयोग गर्ने, चोरीको क्रेडिट कार्ड प्रयोग गर्ने जस्ता घटना बढे पछि सङ्घीय प्रहरीले चेतावनी जारी गरेको हो।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १० जुलाई २०२५
09/07/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
विश्व सम्पदा सूचिकृत शार्क बेमा परम्परा धान्ने आदिवासी रेन्जरको छोटो कथा
09/07/2025 Duración: 04minपर्थबाट ८०० किलोमिटर उत्तरमा पर्ने अनि विश्व सम्पदा संरक्षण सूचीमा रहेको ‘शार्क बे’ मा एक मलगाना महिला नीलिशा ओक्ले, आफ्ना पूर्वजहरूले जस्तै जन्मभूमिको रेखदेख र जैविक विविधताको संरक्षणमा लागेकी छिन्। किन छ त यो महत्त्वपूर्ण र रेन्जर बनेको दुई वर्ष यता उनको अनुभव कस्तो छ?
-
‘एक तिहाई अस्ट्रेलियनले आफ्नो कार्यस्थलमा यौन दुर्व्यवहार भोगेको बताएका छन्’: मानव अधिकार आयोग
09/07/2025 Duración: 12minअस्ट्रेलियाको मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहारको शिकार भएका ३०० भन्दा बढी पीडितहरूको अनुभवमा आधारित एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले नीतिगत र व्यवहारिक अभ्यासबिच देखिएको खाडललाई सम्बोधन गर्न ११ वटा महत्त्वपूर्ण सिफारिसहरू प्रस्तुत गरेको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ९ जुलाई २०२५
09/07/2025 Duración: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी
08/07/2025 Duración: 36minAs governments across Australia crack down on distracted driving, AI-powered surveillance cameras capable of detecting non-compliance with mobile phones and seatbelts have been rolled out nationally from 1 July. RMIT University Professor Nirajan Shiwakoti says while the technological progress is commendable, a “holistic approach” is required for recent measures to be fully effective, including targeted resources and outreach to diverse communities. SBS Nepali spoke to Shiwakoti, who has been working in transport engineering for the past two decades, about the challenges in road safety and what can be done to address them. - नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। त्यस मध्ये सवारी चालकले गाडी चलाइरहेको समयमा मोबाइल फोन चलाएको र सिट बेल्ट सही तरिकामा नलगाएको पत्ता लगाउने एआई क्यामेराको प्रयोग एक हो। पछिल्लो समय उकालो लागेका सडक दुर्घटनाहरू कम गर्न सरकारले चालेको यो कदम सहयोगी भए तापनि यसको पूर्ण प्रभावकारिताका लागि विव
-
देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ?
08/07/2025 Duración: 07minपछिल्लो समय ‘मशरुम मर्डर’ भनेर अस्ट्रेलियामा मात्र नभएर अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चित रहेको मुद्दामा जुरीले आफ्नो फैसला सुनाएको छ। सोमवार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियाको मोरवेल स्थित् लाट्रोब भ्याली ल कोर्ट्समा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले एरिन प्याटर्सनलाई दोषी ठहर गरेको हो। दुई सन्तानकी आमा रहेकी ५० वर्षीय प्याटर्सनलाई आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा दोषी पाइएको छ। अब यो मामिलामा के हुन्छ? एक रिपोर्ट।
-
साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन
08/07/2025 Duración: 07minनिजामती सेवा विधेयकमा व्यवस्था भएको 'कुलिङ्ग अफ पिरियड'का बारे हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन, नेपाल चिकित्सक सङ्घको आह्वानमा सोमबार आकस्मिक बाहेक सेवा बन्द र नेपाल एएफसी विमेन्स एसियन कपको छनौटबाट बाहिरियो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
Are all wild mushrooms unsafe? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्न सकिन्छ?
08/07/2025 Duración: 08minAs Gippsland’s death cap mushroom poisoning trial concluded with Erin Patterson being found guilty of serving a death cap mushroom-laced lunch to her guests, we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timilsena is also the current president of the Nepalese Association of Victoria. - आफन्तहरूलाई विषालु ‘डेथ क्याप’ च्याउ खुवाएर हत्या गरेको आरोपमा भिक्टोरियाकी एरिन प्याटर्सन हालै दोषी ठहर भएकी छिन्। यही सन्दर्भमा हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग केही समय अगि गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।
-
SBS Nepali Australian weather update: Wednesday, 9 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ९ जुलाई २०२५
08/07/2025 Duración: 02minAustralian weather update for Wednesday, 9 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
08/07/2025 Duración: 07minListen to the top Australian news from the last seven days. - भिक्टोरियामा यहुदी समुदाय माथि आक्रमणका घटना बढेपछि नयाँ टास्क फोर्सको गठन, क्वान्टसद्धारा ग्राहकको व्यक्तिगत विवरण चोरी गर्ने ह्याकरले सम्पर्क गरेको सङ्घीय प्रहरीलाई जानकारी र विमान चढ्दा लिथियम ब्याट्रीका बारेमा सचेत रहन आग्रह गरिएको लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Erin Patterson found guilty of all charges in mushroom murder trial - आफन्तहरूलाई विषालु च्याउ खुवाएर हत्या गरेको आरोपमा एरिन प्याटर्सन दोषी ठहर
07/07/2025 Duración: 03minErin Patterson has been found guilty of murdering three of her estranged husband's relatives and the attempted murder of another over a death cap mushroom-laced lunch. The jury of seven men and five women took seven days to reach its verdict following a high-profile trial that lasted about nine weeks. - आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा भिक्टोरियाकी ५० वर्षिया एरिन प्याटर्सनलाई दोषी पाइएको छ। सोमबार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियास्थित मोर्वेलको एक स्थानीय अदालतमा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले ‘मशरुम मर्डर’ भनेर चर्चित उक्त एक मुद्दामा आफ्नो फैसला दिएको हो।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ८ जुलाई २०२४
07/07/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
This is what some Nepali speakers in Australia have to say on the Dalai Lama’s 90th birthday - दलाई लामाको ९० औँ जन्मोत्सव: अस्ट्रेलियाका नेपालीभाषी के भन्छन्?
06/07/2025 Duración: 15minAs the Dalai Lama marks his 90th birthday on Sunday, July 6, we spoke to some community members about their impressions of the Lama and the future of Tibetan spiritual leadership. Listen to our conversation with Tenzing Yeshi from the Tibetan Community of Victoria, Sherpa Association of Victoria President Pemba Sherpa, former president Mingmar Sherpa, Melbourne-based Tibetan Buddhist monk Kunchok Bhutia and Madan Lama Tamang and Khusang Pakhrin from the Tamang Society of Victoria. - तिब्बतका धर्मगुरु दलाई लामाले आइतबार, ६ जुलाई २०२५ मा आफ्नो ९० औँ जन्मदिन मनाउँदै छन्। यही अवसरमा मेलबर्नमा विशेष कार्यक्रम गर्ने तयारीमा रहेका टिबेटन कम्युनिटी अफ भिक्टोरियाका टेन्जिङ येशी भन्छन् कि यो दोस्रो पुस्तालाई तिब्बती कला संस्कृति सिकाउने मौका पनि हो। योसँगै आउँदो दलाई लामा को होलान् भन्ने विषयमा येशी लगायत मेलबर्नका लामा कुन्चोक भुटिया, शेर्पा एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष पेम्बा शेर्पा र पूर्वाध्यक्ष मिङ्मार शेर्पा, तामाङ सोसाइटी अफ भिक्टोरियाका मदन लामा तामाङ र खुसाङ पाख्रिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नु
-
SBS Nepali Australian weather update: Monday, 7 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ७ जुलाई २०२५
06/07/2025 Duración: 01minAustralian weather update for Monday, 7 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
नेडक सप्ताह २०२५: अस्ट्रेलियाको आदिवासी संस्कृतिलाई कलामार्फत कसरी जीवित राखिँदै छ?
06/07/2025 Duración: 06minसाउथ अस्ट्रेलियाकी आदिवासी कलाकार वानेला डोनोभन १२ वर्षको छँदा आफूले बनाएको चित्र पहिलो पटक एक पर्यटकलाई बेचेकी थिइन्। अहिले डोनोभनका चित्रकलाहरू अन्तर्राष्ट्रिय रूपमा चर्चित छन्, र उनले कलाकारहरूलाई संस्कृतिको सम्मान गर्दै कलाबाट आय आर्जन गर्न मद्दत गर्दै आएकी छिन्। हरेक वर्ष जुलाई महिनामा अस्ट्रेलियाका आदिवासी समुदायहरूको इतिहास, संस्कृति र उपलब्धिहरूको उत्सवका रूपमा नेडक सप्ताह आयोजना गर्ने गरिन्छ। यो वर्ष आदिवासीका भावी पुस्तालाई केन्द्रबिन्दुमा राख्दै आइतवार, ६ जुलाईदेखि १३ जुलाईसम्म नेडक सप्ताह मनाईँदै गरिएको सन्दर्भमा तयार पारिएको यो रिपोर्ट सुन्नुहोस्।